दाङ प्रदेशसभामा नेकपाकी विमला खत्री विजयी

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, ०६ : ४०
दाङ प्रदेशसभामा नेकपाकी विमला खत्री विजयी

काठमाडौँ । दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी खत्रीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । 
निका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे । खत्रीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् । यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राभ्रपाका भुपाल रावतले २२५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस