विषादीरहित खाद्य उत्पादनमा जोड दिन सडकमा नाटक

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १७ : २९
विषादीरहित खाद्य उत्पादनमा जोड दिन सडकमा नाटक

चितवन । खाद्य वस्तुमा बढ्दो विषादीको मात्रालाई घटाउँदै अर्गानिक उत्पादनमा जोड दिन चितवनमा विगत केही वर्षदेखि नेपाल जनस्वास्थ्य प्रतिष्ठान सक्रीय छ । प्रतिष्ठानले किसानहरुलाई सचेतना मुलक कायृक्रम संगै तालिम सेमिनार र गोष्ठिमा सहभागी बनाई विषादीरहित खाद्य उत्पादनमा जोड दिएको छ ।

पछिल्लो समयमा खाद्य बालीमा अत्याधिक प्रयोग गर्न थालिएको रासायीनिक विषादीको मात्रा घटाउँदै अर्गानिक खाद्य वस्तु उत्पादन र निरोगी मानव जीवन विकासका लागि संस्था क्रियाशिल रहेको परियोजनाकी प्रमुख सिम्रन काफ्लेले बताउनु भयो । यही अभियान अन्र्तगत संस्थाले आइतबार कसरा चोकमा सडक नाटक प्रदर्शन गरेको छ ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना चितवनको आयोजनामा रासायनिक विषादी न्यूनिकरणका लागि जनचेतना मुलक सडक नाटक सुरु गरिएको थियोे ।

पछिल्लो समयमा तरकारी तथा फलफुलहरुमा रसायनिक विषादीको प्रयोग बढेकाले कृषकहरुलाई रसायनिक विषादी प्रयोग न्युनिकरणसहित  विषादी प्रयोग नै गर्ने हो भने पनि कसरी सुरक्षित प्रविधिबाट विषादी प्रयोग गर्ने  भन्ने जनचेतना फैलाउन नाटक प्रदर्शन गरिएको परियोजना प्रमुख काफ्ले बताउनु हुन्छ ।

भेरिएसन ड्रामा ग्रुप चितवनले नाटक प्रर्दशन गरेको थियो ।  नाटकमा विकास पाठक, शर्मिला पाठक, सरस्वती तमाङ्ग, सविता तमाङ्ग र शिशिर पाठकको अभिनय रहेको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठान फिल्ड अधिकृत डाक्टर अमृत पोख्रेलका अनुसार पढ्न पनि नपाएका र पढ्न नसक्नेहरुको लागि श्रव्य दृश्यमार्फत बुझाउन सहज होस भन्ने हेतुले नाटक प्रदर्शन गरिएको हो । परयोजनको कार्य क्षेत्र अन्तरर्गत भरतपुर महानगरपालिका सहित, राप्ती, कालिका, खैरहनी नगरपालीकाका विभिन्न स्थानमा गरेर २५ ठाउँमा यो सडक नाटक प्रदर्शन गरिएको थियो ।

सडक नाटक कार्यक्रमको अन्तिम भाग कसरामा गरी समापन गरिएको फिल्ड अधिकृत डाक्टर अमृत पोख्रेले बताउनु भयो । समापन कार्यक्रममा २५ औं पटक नाटक प्रस्तुत गरी सचेतना प्रदान गर्न सफल कलाकारहरुलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिसहित स्थानीय वासिन्दाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस