प्रदेश सभा भक्तपुर क्षेत्र नम्वर १ ‘क’ मा काँग्रेसले बाजी मार्यो

काँग्रेसका उम्मेदवार कृष्णलाल भडेल निर्वाचित

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, ११ : ३०
प्रदेश सभा भक्तपुर क्षेत्र नम्वर १ ‘क’ मा काँग्रेसले बाजी मार्यो

काठमाडौं । प्रदेश सभाका लागि भक्तपुर क्षेत्र नम्वर १ ‘क’ मा भएको चुनावी नतिजा नेपाली काँग्रेसले आफ्नो पोल्टामा पारेको छ । काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले १३ हजार ४ सय ४८ मत ल्याई निर्वाचित भएका छन् । 
मतगणना कार्य सम्पन्न भएपनि निर्वाचन आयोगको औपचारिक घोषणा हुन भने बांकी छ । चुनावी प्रतिष्पर्धामा रहेका उनका निकटतम प्रतिद्धन्द्धी नेकपाका डिपी ढकालले ११ हजार २ सय ६ मत  ल्याउन सफल भए । त्यस्तै तेश्रो स्थानमा नेमकिपाका उम्मेदवारले ५ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस