सन्दुकपुरमा ‘म यस्तो गित गाँउछु २’को धमाधम सुटिंग

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १४ : ००
सन्दुकपुरमा ‘म यस्तो गित गाँउछु २’को धमाधम सुटिंग

काठमाडौँ ।  म यस्तो गीत गाउँछु चलचित्रको सफलता पछि यसको निर्माण युनिटले यही फिल्मकै सिक्वेल ‘म यस्तो गीत गाउछु २) को सुटिंगमा जुटेको छ । फिल्मको यतिबेला उपत्यका बाहिर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी पाँचथर आसपासका स्थानमा भइरहेको छ । ईलामको सन्दुकपुर प्राकृतिक मनोरम दृश्यसँगै भरिपुर्ण चिया बगानको फिल्म निर्देशकहरुलाई यो स्थलले लोभ्याउन थालेको छ ।

फागुन २३ गते प्रदर्शन मिती तोकेर छायाँकनमा निस्किएको यो फिल्मको छायाँकन समयको केही तस्बिर  सार्वजनिक भएको छ । तस्बिरमा अभिनेता पल शाह र पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् । तस्बिर फिल्म भित्र रहने ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सुटिङको हो । जसको छायाँकन हालै सात दिन लगाएर गरिएके छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा गीतको छायाँकन गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन् । 
लवस्टोरी फिल्म बनाउन खप्पिस निर्देशक सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा पुजा र पलको अलवा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ । शिवम् अधिकारीको लेखन रहेको फिल्मको यो गीत छिट्दै सार्वजनिक गर्ने निर्देशक थापाले बताए । प्रेमकथाको बिषयमा निर्माण भएको यो फिल्म ‘म यस्तो गाउछु’को सिक्वेलको रुपमा निर्माण हुन थालेको हो । 

प्रतिक्रिया दिनुहोस