डडेल्धुरा-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।
डा.केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा.केसीलाई अस्पताल भर्ना गरिएको डा.कँडेलले बताए ।
चिसोका कारण डा.केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा.केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा.केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ कार्तिक २०७६, २२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्री पौडेल र डा.गोविन्द केसीबिच भेट
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
गोविन्द केसीले दिए अनशन बस्ने चेतावनी
निषेधित क्षेत्र माइतीघरबाट डा.केसीसहित ७ जना प्रकाउ