काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दुतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
कालापानीलगायतका नेपाली भूमिसमावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, १४ : ३०
लेखकबाट थप