काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘सो भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य छ ।’
राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ कार्तिक २०७६, १४ : १०
लेखकबाट थप