युवा संघ एकता

तत्कालीन युवा संघलाई ४२ र वाईसीएललाई ३५ जिल्लाको नेतृत्व

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, ०० : २७
तत्कालीन युवा संघलाई ४२ र वाईसीएललाई ३५ जिल्लाको नेतृत्व

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण प्रकृया टुंग्याएको छ ।

युवा संघको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले ७७ वटै जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।

बैठकले ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघलाई ४२ जिल्लामा अध्यक्ष लिने भएको छ । त्यस्तै, माओवादी केन्द्र निकट मानिएको साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी एकता प्रकृया टुङ्ग्याइएको छ । 

युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सम्मानजनक ढंगले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको र १ हप्ताभित्र नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा लाग्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस