डीएसपीले खसी मागेपछि जे हुन पुग्यो

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, ०७ : ४६
डीएसपीले खसी मागेपछि जे हुन पुग्यो

काठमाडौँ । काँग्रेस निकट तरुण दलका एक नेतासँग खसी उपहार मागेको अडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही विवादमा मुछिएका छन् । 
उनले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेका थिए ।  

खड्काले खसी दिन्छु भनेर पनि अन्तिममा नदिएपछि दुई जनाबीच विवाद बढ्दै गएको र सोही क्रममा उनी निकट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जनालाई डीएसपीले पक्राउ गरेपछि अडियो सार्वजनिक भएको हो । 

बिहीबार दिउँसो शाहीसँगै प्रहरीले दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगरलाई पनि पक्राउ गरेको थियो । सो क्रममा बा १८ च ४२११ नम्बरको कारबाट पेस्तोल समेत बरामद भएको प्रहरीको दाबी छ । 

यसैबीच खसीखाण्डमा प्रहरीले डीएसपीमाथि छानबिन थालेको छ ।  प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि अनुसन्धान थालिएको हो । 
यता शाहीले नाजायज किसिमले आफूले कुनै डिल नगरेको दाबी गरेका छन् । 
उनले पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस