खोटाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

सफल खबर संवाददाता

बुधबार, १३ कार्तिक २०७६, ११ : १३
खोटाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

काठमाडौं । खोटाङमा बुधबार बिहान बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।  
दिक्तेलबाट विराटनगर जाँदै गरेको को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनापछि चालक जेवी तामाङ फारार रहेको उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस