भक्तपुरबाट पनि समातिए १४ जुवाडे

सफल खबर संवाददाता

सोमबार, ११ कार्तिक २०७६, २० : ०२
भक्तपुरबाट पनि समातिए १४ जुवाडे

भक्तपुर । भक्तपुर प्रहरीले जुवा खेल्ने कार्यमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले सोमबार सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट ८ जनालाई तासको खालबाट नियन्त्रण लिएको छ। 

उनीहरुको साथबाट प्रहरीले दुई लाख ३७ हजार पाँच सय रुपैया र १ बुक तास समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी रेवती रमण पोखरेलले जानकारी दिए । 

त्यसैगरि चाँगुनारायण ९ ताथली बस्ने तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा घरधनि सहित ६ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरुको साथथबाट  ६३ हजार ३ सय ४२ रुपैया र ३ बुक तास  समेत बरामद गरिएकाप्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस