कार्तिक ९ गते भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषण गरिने

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १६ : ४८
कार्तिक ९ गते भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषण गरिने

चितवन । भरतपुर महानगरलाई कार्तिक ९ गते अभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषण गरिने भएको छ ।

विहीबार महानगरमा पत्रकार सम्मेल गरी प्रमुख रेनु दाहालले यस्तो जानकारी दिनुभएको हो । प्रमुख दाहालका अनुसार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा उक्त घोषणा कार्यक्रम हुने छ । पैदल र्‍यालीपछि महानगर परिसरमा बिहान ११ः४५ बजे घोषणा सभा गरिने कार्यक्रम रहेको छ ।

र्‍याली बिहान १०ः३० बजे क्याम्पाचौरबाट सुरु भई पुतलिबजार–पुल्चोक–शहिदचोक–लायन्सचोक हुँदै भरतपुर महानगरपालिकाको प्राङगणमा आउनेछ । र्‍यालीमा सहभागी हुन प्रमुख दाहलले सम्पूर्ण महानगरवासीहरुलाई आग्रह गर्नुभएको छ ।

यस आर्थिक वर्षमा भरतपुरलाई सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा गर्ने महानगरको लक्ष्य बमोजिम यो कार्यक्रम हुन लागेका महानगर प्रमुख दाहालले बताउनु भयो ।

स्वयं आफ्ना लागि केही गर्न नसक्ने तथा पालनपोषण एवं हेरचाहको लागि परिवारका अन्य सदस्यहरु समेत कोही पनि नभई वेवारिसे असहाय सहयोगापेक्षी सडकमानवहरु रहित पहिलो महानगरको रुपमा भरतपुर महानगरपालिका घोषणाको अन्तिम तयारी भईरहनु भनेको समग्र भरतपुर महानगरबासीको लागि गर्वको विषय भएको प्रमुख दाहलको भनाइ थियो ।
भरतपुरले गर्न लागेको यो काम सम्पुर्ण स्थानीय तहहरुको लागि उदाहरणीय तथा अनुकरणीय हुने उहाँको भनाइ थियो । 
 

प्रतिक्रिया दिनुहोस