अमेरिकाले किन बोल्यो नेपाल मामिलामा त्यस्तो ?

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, ०८ : ३६
अमेरिकाले किन बोल्यो नेपाल मामिलामा त्यस्तो ?

काठमाडौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी निती लिन खोज्नेमा अहिले दक्षिणी छिमेकी मुलुक भारत मात्र छैन, पछिल्लो समय अमेरिका समेत अघि सार्न थालेको छ ।

उसले इन्डो प्यासेफिक रणनीति अगाडी सारेयता सिधै भारतलाई समेत उछिन्ने गरी अमेरिकाले नेपालमाथी हस्तक्षेप वढाउन खोजेको छ । त्यसैको पछिल्लो अभिब्यक्ति अमेरिकाको मध्य तथा दक्षिण एशिया सम्बन्धी कार्यवाहक सहायक विदेशमन्त्री एलिस वेल्सले दिएकी छिन् ।

उनले नेपालमा उत्तरी छिमेकी मुलुक चिनको प्रभाव वढेको भन्दै नेपाल –चीन वीचको मित्रतापूर्ण सम्वन्धमा अनावश्यक टिप्प्णी गरेकी छिन् । उच्च अमेरिकी अधिकारीले नेपालमा चिनियाँ प्रभावको विस्तार भएको टिप्पणी गरेको सम्भवत पहिलो पटक हो ।

नेपाल चीनवीच नयाँ स्तरमा विकास भएको मित्रतापूर्ण सम्वन्धलाई प्रभाव विस्तारको रुपमा अथ्र्थाएर अमेरिकाले आफनो प्रभाव विस्तारको खोजी गर्न खोजेको कुटनीतिक क्षेत्रका विज्ञहरुको वुझाई छ ।

अमेरिकी सहायक विदेशमन्त्री एलिस वेल्सले नेपालमा चीनको प्रभाव विस्तार हुँदै जाँदा नेपाल सरकारले तिब्बतीहरुको गतिविधिमाथि कडाई गरेको टिप्प्णी गरेकी छिन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको अन्तराष्ट्रिय समिति अन्तर्गतको एशिया तथा प्रशान्त क्षेत्रको उप समितिको बैठकमा बोल्दै वेल्सले सरकारले तिब्बती बुद्धिष्टहरुलाई दलाई लामाको जन्मोत्सव मनाउन नदिएको र तिब्बती बुद्धिष्ट समुदायमाथि समेत कडाई गरेको आरोप लगाएकी थिइन् ।

तर नेपालको परराष्ट नीति अन्र्तगतको असंग्लन्न नीतिका विषयमा भने उनले केही खुलाइनन् ।

नेपाल एक चीन नीतिको पक्षमा ढृढ छ । नेपालले नेपाली भूमिवाट चीन विरोधी गतिविधि हुन दिएको छैन । पश्चिमा शक्ति राष्टहरुले उदाउँदो चिनलाई अस्थिर वनाउन नेपाली भूमि प्रयोग गरेर फ्रि तिब्बत सर्मथकलाई प्रयोग गर्न चाहिरहेको छ ।

तर नेपालले लिएको असंग्लन परराष्ट नीतिका आधारमा सरकारले त्यस्ता गतिविधिलाई नेपालमा रोक लगाएको छ । जसवाट अमेरिका आफनो योजनामा नेपाल सरकारले तगारो हाल्ने काम गरेको भन्दै असन्तुष्ट वन्दै आईरहेको छ ।

अहिले अमेरिकाले नेपालको सरकारका केही मन्त्रीहरु र नेकपाका केही नेताहरुलाई प्रभावमा राखेर अमेरिकी प्रभाव वढाउन चाहिरहेको छ । एमसिसि प्रस्ताव अमेरिकाको त्यही स्वार्थ अनुकुल आएको र त्यसलाई सदनमा पारित गराउन अनेक प्रकारका हर्कतमा अमेरिका सहभागी हुन खोजिरहेको छ ।

त्यही रुपमा अमेरिकाले चिनको प्रभाव नेपालमा वढेको अनावश्यक प्रचारवाजी गर्न थालेको विज्ञहरु वताउँछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा नेपालले चीनसँग गर्न लागेको सुपुदर्गी सन्धिले तिब्बतीहरु प्रभावित हुने भन्दै अमेरिकी अधिकारीहरुले चासो व्यक्त गरेका थिए । मन्त्रिपरिषदबाट सुपुदर्गी सन्धि पारित भएपनि अमेरिकी दबाबको कारण अन्तिममा रोकिएको थियो ।

अ‍ेमरिकाको एमसिसि प्रस्ताव पार्टीभित्र प्रर्याप्त छलफल गरी उठेका केही प्रश्नहरुका वारेमा प्रष्टाएपछि मात्र संसदमा अनुमोदनको प्रक्रियामा लैजानुपर्ने पक्षमा नेकपाभित्र वलियो जनमत छ । तर प्रधानमन्त्री ओली कसैले कुनै सर्त नराखी दिएको अनुदान सहयोग स्वीकार गर्न कुनै आनाकानी गर्न नहुने भन्दै सिधै अनुमोदन गराउनु पर्ने पक्षमा छन् । 

प्रतिक्रिया दिनुहोस