काठमाडौं । नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन् ।
दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन् ।
‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’ उपसमितिमा उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ कार्तिक २०७६, ०७ : २०
लेखकबाट थप