मित्रराष्ट्र चीनका असल मित्र मिस्टर च्याङ्ग र उहाँको परिवारद्वारा खद्यान्न तथा राहात वितरण

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १७ : ५६
मित्रराष्ट्र चीनका असल मित्र मिस्टर च्याङ्ग र उहाँको परिवारद्वारा खद्यान्न तथा राहात वितरण

चितवन । मित्रराष्ट्र चिनियाँ नागरिक च्याङ्ग र उहाँको परिवारले आज भरतपुर महानगरपालिका २६ मा रहेका अति विपन्न १ सय घरपरिवारलाइै लत्ताकपडा खद्यान्न तथा नगद गरी प्रतिघर परिवार १० हजारको हाराहारीमा सहयोग गरेका छन् ।

खद्यान्न नगद तथा लत्ताकपडा एक कार्यक्रमकाबीच आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विपन्न परिवारलाई वितरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि दाहालले सहयोगी दाता च्याङ्ग र उहाँको परिवारलाई धन्यवाद व्यक्त गर्दै आउँदै गरेको तिहारलाई उल्लासमयँ बनाउन राहत पाउनेहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख दाहालले मित्र च्याङ्गले विगतका वर्षहरूमा पनि महानगरपालिकाका क्षेत्रमा बसोबास गर्नुहुने अति विपन्न तथा असाहाय घरपरिवारलाई सहयोग गर्दै आउनु भएको बताउँदै यसपटक वडा नम्बर २६ लाई छनोट गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । यो सहयोग अत्यन्तै अनुकरणीय भएको भन्दै आउँदा दिनहरूमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । विगत १२ वर्षदेखि नेपालमा रही विभिन्न सामाजिक सेवा प्रदान गर्दै आउनु भएका च्याङ्ग नेपाल र नेपाली जनताको असल मित्र भएको प्रमुख दाहालको भनाइ थियो ।

सो अवसरमा प्रमुख दाहालले पश्चिम चितवन क्षेत्रलाई विकासको गतिमा अगाडि बढाइरहेको बताउनुभयो । प्रमुख दाहालले स्थानीय आवश्यकताअनुसार समानुपातिक र दिघो विकास नै आफ्नो मुख्य उद्देश्य रहेको भन्दै सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष ज्ञान प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुकराम बिक, पबित्रा बोटे, खड्कराम बिक, टोप बहादुर मगर, विष्णु लामिछाने, लुरी बिक, चतुरे दमै, अगिम महतो, इश्वरा अधिकारी, काले बोटे, एकमायाँ पौडेल लगायत १ सय जना विपन्न परिवारले राहत प्राप्त गरेका थिए । वितरित राहतसामाग्री चामल, जिरा मसला, घ्यू, सावुन, चिउरा ब्लाङ्केट, नगद ३ हजार गरी १० हजार रुपैयाँ बराबरको तिहार राहत प्याकेज वितरण गरिएको र उक्त राहत वडाका अति विपन्न तथा असाहय परिवारलाई प्रदान गरिएको भन्दै मित्रराष्ट्र चिनका मित्र च्याङ्गलाई धन्यवाद व्यक्त गर्दै यस्तो रचनात्मक सहयोग आगामी दिनमा पनि प्राप्त हुने विश्वास अध्यक्षले व्यक्त गर्नुभयो 

राहात सामाग्री काँधमा राख्दै स्थानीय सुकराम विकले खुसी व्यक्त गर्नुभयो । त्यस्तै अन्य राहत सामग्री प्राप्तकर्ताहरुले यस सामाग्रीले तिहार मनाउन सजिलो हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस