चितवन । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको पौरखी नेपालले बुधबार भरतपुरमा पत्रकारहरुसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुसँगको सहकार्यमा पौरखी नेपालले चितवनमा कार्यरत पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारबारे छलफल गरेको हो । कार्यक्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्णकुमार डल्लाकोटीले सकभर रोजगारीका लागि कोही पनि विदेश जान नपर्ने वातावरण देशभित्र बनाउनु पर्ने र यसका लागि पत्रकारहरुको भूमिका प्रभावकारी हुने बताए । उनले राजेगारीका लागि विदेश जाँदा ठगिने अवस्था नआओस् भन्नेतर्फ सबै जना सचेत हुनु पर्ने बताए ।
कार्यक्रममा पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ, स्रोतव्यक्ति पत्रकार कुमार यात्रु, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, पौरखी नेपालको चितवन जिल्ला कार्यक्रम संयोजक गोविन्द न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ कार्तिक २०७६, १६ : १५
लेखकबाट थप