नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा खनाल उठ्दै

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १६ : ०९
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा खनाल उठ्दै

बीसहजार जेसीजले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलन l तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । दुई महिनापछि चितवनको रत्ननगरमा हुन लागेको नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनमा चितवनकै युवा अरुणेश्वर खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
बीसहजार जेसीजले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी क्लबका पूर्वअध्यक्ष अरुणेश्वर खनाललाई राष्ट्रिय अध्यक्ष पदमा उठाउन लागिएको जानकारी दिएको हो । अध्यक्ष पदका प्रत्यासी खनालले जेसीज अभियानलाई विशुद्ध सामाजिक अभियान बनाउन आफ्नो उम्मेदरवारी रहने बताए ।
नेपाल जेसीजको वर्ष २०२० का लागि खनालले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । खनाल यसअघि नेपाल जेसीजको उपाध्यक्ष, महासचिव र कार्यकारिणी उपाध्यक्ष भइसकेका छन् । जेसीजको ४६ औं अधिवेशन पुस ९ देखि १२ गतेसम्म चितवनको रत्ननगरमा हुन लागेको छ । 
अधिवेशनमा देशभरबाट एक हजार आठ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । नेपाल जेसीजमा देशभर एक सय ४९ शाखा र १५ हजारभन्दा बढी सदस्य छन् ।
बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष उत्तम जोशी, जेसीज अगुवा सुदीपसिंह अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस