१९ वर्षअघि महिलालाई बलात्कारपछि हत्या गरी फरार रहेका व्यक्ति अमेरिकाबाट पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १२ : ४०
१९ वर्षअघि महिलालाई बलात्कारपछि हत्या गरी फरार रहेका व्यक्ति अमेरिकाबाट पक्राउ

फाइल फोटो

काठमाडौं । १९ वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापा चन्द्रगढी–३ स्थायी घर भएका चेतराज गौतम पक्राउ परेका छन् । 

उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल नेपाल ल्याउन सफल भएको हो । उनीविरुद्ध रेडकर्नर शाखाले २०७४ मंसिर १२ गते रेड नोटिस जारी भएको थियो । 

इन्टरपोल वासिङ्टनसँग भएको समन्वयको क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि बेफ्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यु्रिटीको हिरासतमा रहेका थिए । 
अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको इन्टरपोल शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तो थियो १९ वर्ष पुरानो घटना
२०५७ असोज २९ गते राती पक्राउ परेका लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कार पछि हत्या गरेका थिए । बलात्कारपछि गरिएकी सन्ध्याको शव चालआली जंगलको रुखमा फेला परेको थियो । 
घटनाको भोलिपल्ट मृतकका बुबा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपनि प्रतिवादी लिलाराजलाई जिल्ला अदालत झापाले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो । 
तर फैसला उपर सरकारले पुनरावेदन अदालत इलाममा पुनरावेदन दिएकोमा २०५८ चैत २८ गते झापा अदालतकै फैसला सदर भएको थियो । 
उपरावेदन अदालतको फैसलाउपर नेपाल सरकारको तर्फबाट फेरि सर्वोच्च अदालतमा पुनरावेदन दिइएकोमा सर्वोच्चले १९ वर्ष २ महिना जेल सजायको फैसला गरेको थियो । लिलाराजले २०५७ कात्तिक १ देखि ०५८ साउन ३२ गतेसम्म हिरासतमा बसेको अवधि कट्टागरी बाँकी कैद असुल गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस