चिनियाँ राष्ट्रपतिको जश लिन नेकपामा हानाथाप, सोल्टीमा प्रधानमन्त्रीका सल्लाहकारले किन देखाए बालहठ

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १६ : ०२
चिनियाँ राष्ट्रपतिको जश लिन नेकपामा हानाथाप, सोल्टीमा प्रधानमन्त्रीका सल्लाहकारले किन देखाए बालहठ

काठमाडौं । चिनका राष्ट्रपति सि जिन पिङले नेपाल भ्रमण सम्पन्न गरेर फर्किएका छन् । तर नेपालमा भने सिको भ्रमणपछि त्यसबाट जश लिने र अरुभन्दा आफू माथि मैले धेरै स्वागत गरेको, चाकडी गरेको तथा मेरो भूमिका बढी रहेको, अरुले केही पनि नगरेको भन्दै नेकपाभित्र हाना थाप नै शुरु भएको छ । आफूलाई असाध्यै सभ्य र पूर्व माओवादी असभ्य भएको बताउने रक्षामन्त्री समेत रहेका इश्वर पोखरेलले एक सावर्जनिक कार्यक्रममा नै चिनियाँ राष्ट्रपतिको गलत नाम लिएर जग हँसाएका छन् । उनले पटक पटक गलत नाम उच्चारण गरेर सार्वजनिक कार्यक्रममा आफ्नो बाँकी रहेको कद नै घटाउने काम गरेका छन् । 

चिनियाँ राष्ट्रपतिलाई मेरो मन्त्रालयले बढी स्वागत गरेको भन्दै उनले आफू नै सर्वशक्तिमान भएको भ्रम पालेर बसेका छन् । चिनियाँ राष्ट्रपति नेपाल आउनुका पछाडि तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् हाल नेकपाका अध्यक्ष प्रचण्डको विशेष हात रहेको छ । यस्तै वर्तमान सरकार र प्रधानमन्त्रीको जोड बल पनि उत्तिकै महत्वपूर्ण छ । सधैं भारतीय स्वार्थमा हिँडेका इश्वर पोखरेललाई आए आप गए झटारो भन्दा अरु केही पनि थिएन । तर उनले आफूले नै सबै गरेको भन्दै पानीमाथिको ओभानो बन्न छाडेका छैनन् । उनले आफू मातहतको नेपाली सेनाले नै सबै काम गरेको भन्दै हल्ला गरेर बसेका छन् । जसलाई राष्ट्रपतिको नाम नै राम्रोसँग थाहा छैन, उसले आफूले नै सबै गरे, अरु केही होइनन् भन्दै गलत प्रचार गराएको र तथ्यलाई बंग्याउने काम गरेको पाइएको छ ।
 
त्यसो त रक्षामन्त्री समेत रहेका पोखरेलले आफ्नो मर्यादा भूलेर प्रधानमन्त्रीभन्दा पनि अगाडि गएर चिनियाँ राष्ट्रपतिलाई म इश्वर पोखरेल, उपप्रधानमन्त्री समेत भन्न भ्याएका थिए । उनले आफ्नो हैसियत समेत भूलेर व्यवहार देखाएको भन्दै उनलाई कारवाही गर्नुपर्ने माग समेत उठेको छ । राष्ट्रपतिको स्वागतमा पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समेत पोखरेलको कार्यशैली गलत रहेको भन्दै अमिलो मुख बनाएका थिए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्ति नै स्वागतमा गएको बेला उपप्रधानमन्त्रीको हैसियत भएका पोखरेलले विमानस्थलमा देखाएको व्यवहारले नेपाली समुदायलाई नै लज्जित तुल्याएको छ ।
 
त्यसो त सरकार नै लागेर चिनियाँ राष्ट्रपतिको स्वागत गरेको थियो । तर परराष्ट्रमन्त्री ज्ञवालीले भने आफ्नो कुटनीतिक क्षमता र चार्तुयताका कारण भ्रमण भएको भन्दै गफ दिएको जानकारहरु बताउँछन् । विगतको विरासत र इतिहास भूलेर दुईपक्षीय बैठकमा पूर्वमाओवादीलाई बाइककट गर्ने प्रयास समेत गरिएको थियो । दुईपक्षीय बैठकमा गृहमन्त्री रामबहादुर थापालाई लोकलाजका लागि मात्रै सहभागी गराइएको थियो । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई समेत सहभागी नगराउने तयारी गरिएको थियो । प्रधानमन्त्रीको प्रमुख सल्लाहकार भन्दै विष्णु रिमाल र राजन भट्टराईले पूर्वमाओवादीका मन्त्रीलाई सहभागी नगराउन प्रधानमन्त्रीलाई दबाव दिएको बालुवाटार स्रोत बताउँछ । तर उनीहरुको दबावलाई प्रधानमन्त्रीले अस्वीकार गरिदिएका थिए । त्यसो त विष्णु रिमाल र राजन भट्टराईले मर्यादा भूलेर चिनियाँ राष्ट्रपतिसँग सेल्फी खिच्न बालहठ गरेको प्रधानमन्त्रीका एक सहयोगीले बताए ।

प्रतिक्रिया दिनुहोस