घट्यो सुनको मूल्य, तोलामा कति ?

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०७६, १२ : ०५
घट्यो सुनको मूल्य, तोलामा कति ?

सुनको मूल्य सोमबार घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

 चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ । अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस