काठमाडौं । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको स्वागतमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सम्मानमा रात्रिभोज आयोजना गरेकी हुन् । रात्रिभोजको मेनुमा मोमो र साँधेको भटमास समावेश गरिएको छ ।
स्टार्टरको रूपमा शीलाई मोमोको साथमा लुक्ला सिमीसँग साँधेको भटमास दिइने मेनुमा उल्लेख छ ।
शीलाई स्टार्टरपछि सुपका रूपमा कुरिलो र क्वाँटीको रस पनि सर्भ गरिने भएको छ ।
हेर्नुहोस् मेन्यूः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०७६, २१ : ०३
लेखकबाट थप