चिनियाँ राष्ट्रपति आउँदा विमानस्थलमा जे देखियो (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १८ : ४०
चिनियाँ राष्ट्रपति आउँदा विमानस्थलमा जे देखियो (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट  काठमाडौँमा अवतरण गर्नुभएको छ । 

नेपालको द्विदिवसीय भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।

विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर पनि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस