चिनियाँ राष्ट्रपति सी आइपुगे नेपाल

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १६ : १९
चिनियाँ राष्ट्रपति सी आइपुगे नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा चिनियाँ एयरवेजको CCA057 जहाजमा नेपाल आइपुगेका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् । सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका छन् ।

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले शनिबार समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस