यस्तो छ सीको राजनीतिक भेटघाट तालिका, सुरुमा देउवासँग भेट हुने

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १६ : १५
यस्तो छ सीको राजनीतिक भेटघाट तालिका, सुरुमा देउवासँग भेट हुने

काठमाडौं । आज नेपाल भ्रमणमा आउने चिनियाँ राष्ट्रपति सी जिनपिङले राजनीतिक भेटघाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाबाट सुरु गर्ने भएका छन् ।

सीले राजनीतिक दलका नेताहरुसँगको भेटवार्तालाई महत्व दिएको बुझिएको छ ।
सभापति देउवा र राष्ट्रपति सीबीच काठमाडौँको सोल्टी होटलमा साँझ ७ः१५ बजे भेट्ने कार्यक्रम रहेको बताइएको छ । उनीहरु दुई जनाबीच १५ मिनेट भेटघाट हुनेछ ।

त्यस्तै, आइतबार साढे १० बजे नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच भेटघाट हुने छ । 

यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रात्री भोजमा सीको सामान्य भेटघाट हुने छ । 
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव पनि शनिबार साँझ सोल्टी होटलमा हुने रात्री भोजमा सहभागी भई सीसँग सामान्य भेटघाट गर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस