सी र मोदीबीच कश्मीर मुद्दाको विषयमा भएन कुनै छलफल

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १६ : ००
सी र मोदीबीच कश्मीर मुद्दाको विषयमा भएन कुनै छलफल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कश्मीर मुद्दाको विषयमा कुनै छलफल भएन ।

भारतीय मिडियाका अनुसार सीको भारत भ्रमणको क्रममा आज भएको छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भारत–पाकिस्तान मुद्दा कश्मीरको विषयमा कुनै छलफल हुन सकेन ।

ममल्लापुरममा भएको दुई नेताबीच भेटघाटमा आतकंवादको बारेमा भने छलफल भएको बताइएको छ ।

चीनले यसअघि कश्मीर मुद्दा संयुक्त राष्ट्र संघमा जानु पर्छ भनि पाकिस्तानलाई साथ दिएको थियो । त्यसको जवाफमा भारतले काश्मिर मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यसमा अरु कुनै देशले बोल्न नहुने धारणा सार्वजनिक गरेको थियो । 

प्रतिक्रिया दिनुहोस