सी बस्नको लागि सोल्टी होटल पूरै रिजर्भ, कति लाग्छ भाडा ?

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १३ : ५०
सी बस्नको लागि सोल्टी होटल पूरै रिजर्भ, कति लाग्छ भाडा ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ आज नेपाल आउँदै छन् । उनी नेपालको दुई दिने भ्रमण सकाएर आइतबार  दिउँसो स्वदेश फर्कने छन् ।

सी आज (शनिबार) साँझ ५ बजे विमानस्थलमा उत्रिएपछि होटल सोल्टी जाने छन् । सीको बसोबासको व्यवस्था ताहचलमा रहेको होटल सोल्टी क्राउन प्लाजामा गरिएको छ ।
सीसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नका लागि उक्त होटल पूरै रिजर्भ गरिएको छ । होटलमा २ सय ८२ कोठा रहेका छन् । सीको सुरक्षाका लागि पूरै होटल रिजर्भ गरिएको हो । होटलमा रहेको उपहार र अन्य पसलहरुसमेत बन्द गरिएका छन् ।

होटल सोल्टीको एउटा कोठाको भाडा एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । जस अनुसार सबै कोठाको तीन दिनको भाडा करिब डेढ करोड रुपैयाँ होटललाई तिर्नुपर्ने हुन्छ । यो सामान्य भाडा दरमात्र हो ।

सीको बसोबासको लागि होटल पहिले नै बुक भएपछि यस समयमा होटलले अरु पाहुनाका लागि बुक गरेको थिएन ।
 

प्रतिक्रिया दिनुहोस