लुक्लाका लागि उडेको विमानमा चरा छिरेपछि आकस्मिक अवतरण

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १३ : २७
लुक्लाका लागि उडेको विमानमा चरा छिरेपछि आकस्मिक अवतरण

फाइल फोटो

काठमाडौं । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ । विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईका अनुसार सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस