शनिबार र आइतबार गरी ५ घण्टा विमानस्थल अवरुद्ध हुने

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १२ : ३१
शनिबार र आइतबार गरी ५ घण्टा विमानस्थल अवरुद्ध हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल प्रभावित हुने भएको छ । विमानस्थलले शनिबार एक नोटम(नोटिस टु एयरमेन) जारी गर्दै शनिबार साढे २ घण्टा आइतबार साढे २ घण्टा गरी ५ घण्टा विमानस्थल अवरुद्ध हुने जनाएको हो ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको भन्दै सो बीचमा आन्तरिक र बाह्यतर्फका सबै उडान प्रभावित हुनेछन् । 

अन्र्तराष्ट्रिय उडानका लागि पार्किङ सीमितका कारण समेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको भन्दै प्राधिकरणले संशोधित उडान तालिका सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिने जनाएको छ । 
यस्तै प्रभावित उडानहरुको व्यवस्थापनको लागि विमानस्थल भने २४ सै घण्टा सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस