चिनियाँ राष्ट्रपतिसँग देउवाले आजै र प्रचण्डले भोलि भेट्ने

देउवा– प्रचण्डसँग एक्लाएक्लै भेटवार्ता तय, प्रचण्डसँग भने ४५ मिनेट भेटवार्ता हुने

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, ०८ : १३
चिनियाँ राष्ट्रपतिसँग देउवाले आजै र प्रचण्डले भोलि भेट्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा आज नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग नेपाली नेताहरुको भेटवार्ता पनि तय भएको छ ।

जसअनुसार प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरवहादुर देउवासँग आजै साँझ र नेकपाका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डसँग  भने भोलि विहान भेटवर्ता तय भएको छ । तर यी दुवै भेटवार्ता एक्लाएक्लै तय भएको छ ।

देउवालाई साँझ राष्टपति विद्यादेवी भण्डारीसाग भेटवर्ता गरी होटल फर्केपछि भेटने गरी तय भएको छ भने प्रचण्डसँग  भोलि विहान दुईपक्षिय प्रतिनिधीमण्डलको भेटवर्ता अगाडी सोल्टी होटेलमै भेटवार्ता गर्ने तय भएको छ ।

यी दुवै भेटवर्तामा सि ले एक्लाएक्लै दुवै नेतालाई भेटने गरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीसँग पनि दिपक्षिय प्रतिनिधीमण्डल स्तरिय भेटवार्ता अघिपछि पारेर एक्लाएक्लै भेट हुने गरी कार्यक्रम वन्न सक्ने वताईएको छ । राष्टपति सी आज अपराह्न नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ ।

प्रचण्डसाग भोलि विहान साढे १० बजे  देखि ४५ मिनेट भेटने गरी समय तय भएको छ भने देउवासाग आजै साँझ सवा ७ वजे देखि भेटवार्ता तय भएको छ । तर देउवासँग राष्टपति सीले कति सयम भेट गर्छन भन्ने समय भने निर्धारण नभएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

‘पार्टीका नेतासहित भेट्ने की के गर्ने भन्ने थियो,’ डा महतले भने, –‘तर चिनियाँ पक्षवाट एक्लाएक्लै भेट गर्ने कुरा आएकोले अव पार्टी सभापतिले मात्र एक्लै भेटवार्ता गर्नुहुनेछ ।’

नेकपामा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सरकारी प्रतिनिधी मण्डलसहित भेटवर्ता गर्ने भएपछि पार्टी नेताहरुसहित प्रचण्डले भेट गर्ने अनुमान गरिएको थियो ।

तर प्रचण्डसँग पनि सीले एक्लाएक्लै भेटवार्ता गर्न चाहेका कारण उनको पनि एक्लै भेटवार्ता हुन लागेको हो । 

यस्तो छ सीको भ्रमण तालिका

आज

५ः०० बजे – त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सी सोल्टी होटल प्रस्थान

६ बजे – राष्ट्रपति भवन शीतलनिवास प्रस्थान

६ः३० बजे – राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता

७ :१५ बजे – प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ :३० बजे – राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

भोलि

१० :३० बजे – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता

११ :३० बजे – प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता

१ : ०० बजे – स्वदेश फिर्ता


 

प्रतिक्रिया दिनुहोस