चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, ०७ : १८
चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार (आज) नेपाल आउँदैछन् ।

२३ वर्षपछि चिनियाँराष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो ।  

राष्ट्रपति सीआज अपराह्न नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ । भारतको भ्रमणमा रहेका सी चेन्नाईबाट विशेष विमानमार्फत काठमाडौं आईपुग्नेछन् ।

उनको आगमन हुदाँ सडक देखि आकाससम्म खाली हुनेछन् । नेपालले सी भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

दुई दिवसीय राजकीय भ्रमणका क्रममा सी नेपाल आउन लागेका हुन् । अपरान्ह्र साढे ४ देखि ५ वजेको वीचमा राष्ट्रपति सी नेपाल आईपुग्नेछन् । उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी स्वंम विमानस्थल पुग्नेछिन् ।

काठमाडौं ओर्लेसँर्गे सी आफ्ु वस्ने होटल सोल्टीमा पुग्नेछन् । त्यहाँ केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा आज नै साँझ राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । भोलि नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम वनेको छ ।

उनको भ्रमणले चिनले नेपाललाई उच्च प्राथमिकतामा राखेको सन्देश दिन खोजेको छ ।

उनको नेपाल भ्रमणका क्रममा नेपाल र चीनका वीचमा दर्जन वढी सम्झौता हुन् अनुमान गरिएको छ । दुवै पक्षले खासगरी रेल, सडक, विद्युत लगायतका क्षेत्रमा लगानी सम्झौताका लागि तयार िगरिरहेका छन् ।

नेपाली पक्षले राष्टपति सीको भ्रमणका क्रममा ११ वुादे प्रस्ताव चिनियाँ पक्षसँग राखेको वताईएको छ । 

प्रतिक्रिया दिनुहोस