प्रहरी दिवस र अमर प्रहरी दिवस फरक–फरक दिनमा मनाउन प्रम ओलीको सुझाव

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, ११ : ४६
प्रहरी दिवस र अमर प्रहरी दिवस फरक–फरक दिनमा मनाउन प्रम ओलीको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी दिवस र अमर प्रहरी दिवस फरक–फरक दिनमा मनाउन सुझाव दिएका छन् ।

६४ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रम ओलीले यस्ता भनेका हुन् ।  ‘प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउने गर्नुपर्छ । प्रहरी दिवस बेग्लै उल्लासको साथ मनाउनुपर्छ । प्रहरी दिवस र अमर प्रहरी दिवस कार्यक्रम एकै दिन हुँदा उल्लासको साथ मनाउने कि श्रद्धाञ्जली दिएर दुखी हुने द्विविधा भयो’ प्रम ओलीले भने ।

कार्यक्रममा ४३ जना प्रहरीलाई अमर प्रहरी घोषित गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका आफ्ना ४३ जना प्रहरीलाई नेपाल प्रहरीले अमर प्रहरी घोषणा गरेको हो ।
त्यस्तै, पूर्व एआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस