दसैँ साह्रै महँगो : बढ्यो खाद्यवस्तुको भाउ !

सफल खबर संवाददाता

सोमबार, २० असोज २०७६, १२ : ३६
दसैँ साह्रै महँगो : बढ्यो खाद्यवस्तुको भाउ !

चितवन । दसैँको व्यापार छोप्न व्यवसायीहरु लागि परेका छन् । कम्पनीहरुले विभिन्न स्कीमहरु दिएर प्रचार गर्न थालेका छन् । गाउँगाउँमा पिङहरुको लहर सुरु हुन थालेको छ । तर बजार महँगीले थलिएको छ ।  

फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् ।भरतपुर १२ की मनिसा उप्रेतीले दसैँको मुखमा चर्को महँगीले ढाड सेकिएको बताइन् । उनले भनिन्, ‘अति आवश्यक खाद्य वस्तु चिनी, तोरीको तेलको भाउ बढेको छ, साह्रै गाह्रो भयो । 

दसैँजस्तो ठूलो चाड मुखमा खाद्यान्नको भाउ पनि बढिरहेको हुनाले यस वर्षको दसैँ साह्रै महँगो हुने उनको भनाइ थियो । त्यस्तै, भरतपुर १० की विन्दु पौडेलले दसैँको चर्को भाउले तर्साएको बताइन् । उनले खाद्यवस्तुको मूल्य बढ्दा साह्रै दुःख लागेको बताइन् । 

उनका अनुसार दसैँको मुखमा ढाड भाँच्ने गरी महँगी बढ्दा सर्वसाधारण मर्कामा परेका छन् । सामान्य कमाइ हुने मानिसहरुको समेत महँगीले ढाड भाँचेको छ, निम्न आयस्रोत हुने मानिसहरुको अवस्था त झन् के होला ? उनले भनिन् । किराना व्यवसायी संघ चितवनले दसैँको मुखमा चिनी, तेल र पिठोको मूल्य बढेको जनाएको छ । व्यवसायी संघका अनुसार दसैँको मुखमा केही खाद्य वस्तुको मूल्य बढेको र केहीको घटेको छ ।  फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस