निवर्तमान सभामुख महरा प्रहरीको फन्दामा

सफल खबर संवाददाता

आइतबार, १९ असोज २०७६, १७ : ३३
निवर्तमान सभामुख महरा प्रहरीको फन्दामा

काठमाडौं– बलात्कार अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।  जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएसँगै प्रहरीले आइतबार महरालाई पक्राउ गरेको हो । 

प्रहरीले सभामुखको सरकारी निवास बालुवाटारबाटै महरालाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न नयाँ वानेश्वर वृत्तको प्रहरी टोली पुगेको थियो । 

महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको  आरोप छ । उनीविरुद्ध फौजदारी अपराध संहिता अनुसार जबरजस्ती करणी उद्योगमा मुद्दा चल्नेछ । 

आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । महराले शाहीमाथि बलात्कार गरेको सनसनीपूर्ण समाचार एक अनलाइनले सार्वजनिक गरेको थियो । सो समाचारपछि रोशनीले दवावमा परेर खण्डनको प्रयास समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस