महरा प्रहरीको फन्दामा पर्दै, इतिहासमै हाइप्रोफाइल पक्राउ !

सफल खबर संवाददाता

आइतबार, १९ असोज २०७६, १७ : १२
महरा प्रहरीको फन्दामा पर्दै, इतिहासमै हाइप्रोफाइल पक्राउ !

काठमाडौं– बलात्कार अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्दैछन् । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएसँगै महरालाई पक्राउ गर्न लागेको हो । 
प्रहरी सरकारी निवास बालुवाटारमा पक्राउका लागि भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए । महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको  आरोप छ । 
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । 
असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत  बोलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस