आजदेखि नौबिसे–नागढुङ्गा सडक मर्मत

सफल खबर संवाददाता

आइतबार, १९ असोज २०७६, ०८ : ५४
आजदेखि नौबिसे–नागढुङ्गा सडक मर्मत

फाइल फोटो

उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ ।

असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको  ठाउँमा भरेर कालोपत्रे गरिँदै छ ।

अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए । वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैँका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस