नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०७६, १५ : ४३
नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । 

काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा बा ३ ख २३५९ नम्बरको मिनी बस तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बसमा २८ जना सवार थिए ।

मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस