दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०७६, ०८ : ११
दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

काठमाडौं । आश्विेन २१ गते परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ९ रुटमा निशुल्क बस चलाउने भएको छ । 

काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चाललन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्यायउने उद्देश्यले उक्त दिन निःशुल्क सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ । 

सेनाका मुख्यालय भद्रकालीलाई केन्द्र मानेर ती बस सञ्चालन हुनेछन् । बिहान ८ देखि १०ः३०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ ।

भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा, भद्रकाली–बल्खु–कीर्तिपुर,भद्रकाली–बानेश्वर–काटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठसम्म सेनाका बस चल्नेछन् । 

त्यस्तै भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तिनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु–सितापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस