राष्ट्रपतिले दुई समयमा प्रधानमन्त्रीदेखि सर्वसाधरणसम्मलाई टीका लगाइदिने

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०७६, २२ : ००
राष्ट्रपतिले दुई समयमा प्रधानमन्त्रीदेखि सर्वसाधरणसम्मलाई टीका लगाइदिने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मलाई विजयादशमीको टीका लगाइदिने भएकी छन् । 

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्रीहरु, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायतलाई अपरान्ह १ बजेदेखि २ बजेसम्म टीका लगाइदिनेछिन् भने अन्य इच्छुक सर्वसाधारणलाई २ः३० देखि ३ः३० बजेसम्म टीका लगाइदिनेछिन् । सो

कार्यका लागि शीतलनिवासको गेट नम्बर १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस