अर्किडस् ग्लोवलको २८ औँ शाखा चितवनको सिजि ल्याण्डमार्कमा, मल्टी व्राण्डका कपडाहरु पाइने

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, १८ : ३४
अर्किडस् ग्लोवलको २८ औँ शाखा चितवनको सिजि ल्याण्डमार्कमा, मल्टी व्राण्डका कपडाहरु पाइने

चितवन । चितवनमा २८ औँ शाखा विस्तार गर्दै अर्किडस् ग्लोवलले ग्राहकवर्गहरुको चाहानालाई सम्वोधन गरेको छ । चितवनका ग्राहकहरुलाई ध्यानमा राख्दै मल्टी व्राण्डका कपडाहरु चितवनको भरतपुरमा नै उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याएको प्रवन्ध निर्देशक मुकेशकुमार शाहले बताउनुभयो । व्राण्डेड लुगाको पारखीहरुलाई लक्षित गरी चितवनमा अर्किडस् ग्लोबल प्रा.लि. सञ्चालनमा आएको हो । चौधरी ग्रुपले निर्माण गरेको भरतपुरस्थित सिजि ल्याण्डमार्कको भुई तलामा अर्किडस् ग्लोबल प्रा.लि. सञ्चालनमा आएको छ ।

अत्याधुनिक शोरुमको एक समारोहकाबीच गलेश्वर आश्रमका पिठादीश अन्नत विभूषित महामन्डलेश्व स्वामी आत्मनन्द गिरीजी महाराजले उद्घाटन गर्नुभयो । अकिर्डस् ग्लोवल प्रालीले विभिन्न अन्तराष्ट्रिय व्राण्डका कपडाहरु आयात गरी नेपालका विभिन्न शहरका विभिन्न मलबाट कारोबार गर्दै आएको छ । भरतपुरको सीजी ल्यान्डमार्कमा सञ्चालनमा आएको उक्त शाखा उद्घाटन कार्यक्रममा सिजी ल्यान्डमार्कका व्यवस्थापन प्रमुख राजेन्द्रप्रसाद अर्याल, जिनि एण्ड जोनी ब्राण्डका उपाध्य सौम्य रनजन महोपात्र विशेष अतिथि रहनुभएको थियो । भरतपुरलगायतको ग्राहकहरुलाई मध्यनजर गर्दै त्यसै अनुरुपको कपडाहरु उक्त स्थानमा राखिएको र ब्राण्डेड कपडा भए पनि कम्पनीले एकदम न्युनतम मुनाफा राखी एकदमै प्रतिस्प्रर्धात्मक मुल्य राखेको र नजिकिँदै गरको नेपालीहरुको महाज चाड दशैं तिहार र छठको लागि विषेश छुटको व्यवस्था समेत रहेको कम्पनीका प्रवन्ध निर्देशक मुकेश कुमार शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस