काठमाडौं । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकाशं देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सुचिमा भारत १३१औं स्थानमा छ ।
यो सुचिको शिर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शिर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ ।
रिपोर्ट अनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सुचिमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पनि पछि छ ।
दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ असोज २०७६, १४ : ०३
लेखकबाट थप