पीपीएल क्रिकेट कात्तिक अन्तिम सातादेखि शुरु हुने

सोमबार, ०६ असोज २०७६, १८ : २४
पीपीएल क्रिकेट कात्तिक अन्तिम सातादेखि शुरु हुने

काठमाडौँ । सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि शुरु हुने भएको छ ।
प्रतियोगिता आगामी कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन गरिने क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने प्रतियोगितामा विभिन्न ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा गर्ने टोलीमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौँ रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । 

उक्त प्रतियोगिताअन्र्गत पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो  । फाइनल खेलमा पोखरलाले चितवन राइनोजलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।
    
नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिएको अवसरमा पीपीएल लिगले सकारात्मक सन्देश दिने विश्वास लिइएको आयोजकले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस