संविधान दिवस भव्य रुपमा मनाइँदै, कार्यान्वयनमा जोड गरिँदै

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, ०७ : ३६
संविधान दिवस भव्य रुपमा मनाइँदै, कार्यान्वयनमा जोड गरिँदै

काठमाडौं । सरकारले संविधान दिवस आज भब्य कार्यक्रमको आयोजना गरी मनाउँदैछ । संविधान जारी भएको दिनका रुपमा यो दिवसलाई सरकारले यसपटकबाट अलिक विशेष कार्यक्रम गरेर भब्य बनाउन खोजेको हो ।

हिजै वेलुकी देखि दिपावली गरेर मनाउन थालिएको संविधान दिवसका दिन आज विशेष कार्यक्रम र लगत्तै भोली पनि दिपावली गरेर तीन दिन मनाउने निर्णय सरकारले गरेको छ । संविधान दिवसको अवसर पारेर सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

दिवसका अवसर पारेर राजनीतिक दलका प्रमुख नेताहरुले सुभकामना सन्देश दिएका छन् । संविधान कार्यान्वयमा सवै राजनीतिक दलहरु एक ठाउमा उभिएर जानुपर्नेमा नेताहरुले आफ्नो सुभकामना सन्देशमार्फत जोड गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्दै मानव अधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले आफनो शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् ।

तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ ।

२०७२ असोज ३ गते संविधानसभावाट नेपालको संविधान जारी भएको थियो ।

संविधान प्रति मधेस केन्द्रीत दलहरुले संसोधनको कुरा गरिरहेका छन् । मोहन वैद्य देखि नेत्रविक्रम चन्द सम्मले स्वीकार गरिरहेका छैनन् । यो दिवसको प्रमुख राजनीतिक दलहरुले कार्यान्वयनमा जोड गरिरहेका छन् । यस्तो बेलामा सरकारले संविधान दिवस मनाउन लागेको हो । 

प्रतिक्रिया दिनुहोस