आजपनि दिनभर पानी पर्ने सम्भावना

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ०७ : ४५
आजपनि दिनभर पानी पर्ने सम्भावना

काठमाडौं । हिजोबाट परेको झरी आज पनि दिनभर पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले भोलि बिहानसम्मको पूर्वानुमान सार्वजनिक गर्दै देशका मध्य र पश्चिमका धेरै तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित आज पनि दिनभर वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

केही स्थानमा पहिरो जान सक्ने र देशभरका नदीहरुमा पानीको वहा्व बढ्न सक्ने र सडक तथा हवाई यातायात पनि प्रभावित हुन सक्ने पनि महाशाखाले अनुमान लगाएको छ ।

त्यसका लागि सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

हाल देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेग गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहको महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी तथा मध्य भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको महाशाखाले बताएको छ ।

महाशाखाले बुधबार दिउँसो देशभर बदली रही पश्चिम तथा मध्य भू–भागका धेरै तथा बाँकी भू–भागहका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । त्यस्तै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस