सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी, आज राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

शुक्रबार, १९ माघ २०७४, ०९ : ५०
सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी,  आज राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिँदैछिन् । आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछिन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  बिहान ९ बजे भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न एक्लै सोल्टी होटल पुगेका छन् ।

राष्ट्रपति भण्डारीसँग साढे ११ बजे शितलनिवासमा र प्रधानमन्त्री देउवासँग साढे १२ बजे बालुवाटारमा भेटवार्ता हुने तयारी छ ।

यसअघि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान र एमालेका नेताहरुसँग सामूहिक भेटवार्ता भएको थियो ।
भेटमा स्वराजले वाम विजयका लागि बधाई दिएकी थिइन् । उनले नयाँ बन्ने सरकारसँग मिलेर काम गर्न चाहेको धारणा एमालेका नेताहरुसँग राखेकी थिइन् ।
त्यस्तै बिहिबार नै मधेसवादी दलका नेतालाई  सामुहिक रूपमा भेटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस