स्वराजको भ्रमण सम्बन्ध सुधार्ने कदम : गठवन्धन

विहीबार, १८ माघ २०७४, १८ : ४०
स्वराजको  भ्रमण सम्बन्ध सुधार्ने कदम : गठवन्धन

काठमाडौं । वाम गठबन्धनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधारका लागि सकारात्मक भएको टिप्पणी गरेको छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमाले–माओवादी केन्द्र्रको बैठकले स्वराजको भ्रमणलाई सम्बन्ध सुधार गर्ने आगमनको रूपमा बुझेको हो ।
“सुष्मा स्वराज छिमेकी देशको नेता हो, हाम्रो पाहुना हुनुहुन्छ । उहाँको भ्रमणलाई दुई देशको सम्बन्ध सुधार गर्ने सकारात्मक कदमका रूपमा लिएका छौँ,” बैठकपछि सञ्चारकर्मीसँग एमाले उपाध्यक्ष वामदेव गौतमले भने ।
नयाँ सरकार गठनको पूर्वाद्र्धमा दुई दिवसीय नेपाल भ्रमणका लागि आएकी स्वाराजको स्वागतमा एमालेले बिहीबारै रात्रिभोजको आयोजना गरेको छ ।

कार्यदलको निर्णयलाई अनुमोदन
प्रदशेसभा सम्बन्धी शक्ति बाँडफाँड सम्बन्धी निर्णयलाई एमाले माअ‍ोवादी पार्टी एकता संयोजन समितिले अनुमोदन गरेको छ ।
केही दिनअघि ती दुई पार्टीले प्रदेशसभाका लागि ७०– ३० को आधारमा शक्ति बाँडफाँड गरेका थिए । जस अनुसार ४ वटा प्रदशेमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुई वटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले निर्णय गरेको थियो । सोही निर्णय आजको वैठकले अनुमोदन गरेको छ ।

बैठकमा दुई पार्टीबीच हुने एकताका सम्बन्धमा पनि छलफल गरेको थियो ।  पार्टी एकताका विषयमा दुई पार्टीका अध्यक्षबीच आन्तारिक छलफल जारी रहेकोले सो सम्बन्धमा कुनै निर्णय नभएको बताइएको छ ।
दुई पार्टीबीच केही समय अघिदेखि पार्टी एकताका विषयमा गृहकार्य जारी रहेको छ ।
कार्यदलको निर्णयलाई एकता संयोजन समितिको अनुमोदन

 

प्रतिक्रिया दिनुहोस