जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन

विहीबार, १८ माघ २०७४, १८ : ५४
जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भष्ट्राचार नियन्त्रण गर्नमा आयोगको एक्लो भूमिकाले मात्र सम्भव हुन नसक्ने बताउनुभएको छ ।

आयोग बुटवल कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले स्थानीय तहमा हुने विकास निर्माणमा जनप्रतिनिधिबाट कमजोरी हुन सक्ने जनाउँदै जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई पनि निर्देशन दिनुभयो ।
प्रदेश सरकार गठन भइरहँदा स्थानीय तहमा हुने विकास आयोजनामा अनियमितता हुन सक्ने बताउँदै उहाँले यसमा पनि कर्मचारीलाई चनाखो बन्न निर्देशन दिनुभयो । उहाँले संघीय संरचनानुरुप आयोगका प्रादेशिक कार्यालय पनि छिट्टै स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का प्रमुख सचिवशंकर पाठकले भ्रष्टाचारमुक्त प्रशासन बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताउनुभयो । भवन रु पाँच करोड ८८ लाख लागतमा निर्माण भएको आयोग पोखरा कार्यालयका प्रमुख यदुप्रसाद पन्थीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस