ओली र मोदीले गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०७६, १२ : ४३
ओली र मोदीले गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

काठमाडोँ । नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् ।

ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन् । पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए ।

प्रतिक्रिया दिनुहोस