काठमाडौँ । नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज मंगलबार औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ आउने भएको छ ।
यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ ।
पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार मध्यान्ह सिंहदरबार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर उद्घाटन गर्ने तयारी भएको छ । यो सँगै नेपालको पेट्रोलियम क्षेत्रमा चमत्कार भएको छ ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०७६, ११ : ३८
लेखकबाट थप