काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्दैछन् ।
बिहान भक्तपुर भ्रमणमा रहेका उनले अहिले बिहान साढे ९ बजे पछि नक्सालस्थित मेरिट होटेलमा प्रचण्ड र देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।
साढे ९ बजे देखि १० बजेसम्म प्रचण्डसँग र त्यसपछि आधा घण्टा साढे १० बजेसम्म देउवासँग भेटघाटको कार्यक्रम छ । त्यसपछि उनी नारायणहिटी दरवार संग्राहलय घुम्न जाने कार्यक्रम पनि रहेको छ ।
विदेशमन्त्री वाङ यी आजै स्वदेश फर्किने कार्यक्रम छ । तीन दिने भ्रमणका लागि पाकिस्तानबाट नेपाल आएका वाङ दिउँसो एक वजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यस अगाडी उनले समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी ओली र राष्टपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा चिनका राष्टपति सि जिनफिङको नेपाल भ्रमणका विषयमा केन्द्रीत कुराकानी भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०७६, ०८ : २५
लेखकबाट थप