काठमाडौं । नेकपा नेता वामदेव गौतमलाई पनि डेंगुको आशंका गरिएको छ । केही दिनयता ज्वरो आएर आराम गरिरहेका उनलाई डेंगु भएको आशंका गरिएपछि सोमाबार परीक्षण गरिएको छ ।
सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको हो । यद्यपि रिपोर्ट आइनसकेकाले संक्रमण भएको हो या होइन भन्नेबारे निश्चित भएको छैन ।
गौतममा प्रेस सहयोगी विश्वमणि सुवेदीले गौतमलाई डेंगु नभएको दाबी गर्दै केही अस्वस्थ भएको चाहिँ बताए । केही दिनअघि मात्रै गौतम सिंगापुर गएर फर्किएका थिए । उनी प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न गइ उनीसँगै स्वदेश फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०७६, ०७ : ५३
लेखकबाट थप